उज्वेकिस्तानविरुद्ध नेपालको प्लेईङ्ग: प्रीतिको ठाउँमा पूजा

काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले यसअघिको खेलमा चोट बोकेकी प्रीति राईको स्थानमा पूजा रानालाई मौका दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । 

आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । यसैकारण एसिया कपमा छनोट हुन नेपाललाई अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरीको नतिजाले पुग्दैन । यो खेलको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेले एएफसीको नियमानुसार समूहबाट छानिने टोलीको टुंगो लगाउन सोझै पेनाल्टी सुटआउट गरिनेछ ।

नेपालको सुरुआती–११
अञ्जना रानामगर (गोलकिपर), समीक्षा घिमिरे, रेनुका नगरकोटे, सावित्रा भण्डारी (कप्तान), रश्मीकुमारी घिसिङ, अनिता बस्नेत, गीता राना, सविता रानामगर, निशा थोकर र सरस्वती हमाल

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.