सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन हुने

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

निर्वाचनमा सहभागिताका लागि भर्ना हुन बाँकि सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको उनले बताए । यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.