एसिसी यु-१६ इस्टजोन कप फाईनलमा सिंगापुर नेपालसँग भिड्दै

नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ। फाइनल भिडन्त शनिबार बिहान ७:४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा सुरु हुनेछ।

साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा हुनेछ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। प्रतियोगितामा नेपाल अपराजित छ।

समूह चरणको पहिलो भेटमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको नेपाल उपाधि उचाल्ने उच्च मनोबलका साथ मैदानमा हुनेछ। सिंगापुर भने प्रतियोगिताको पहिलो भेटको बदला फाइनलमा लिने दाउमा हुनेछ। प्रतियोगितामा नेपाल पराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार चाखेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.