अछामकाे मंगलसेन बजार सडकमा धान रोपेर बिराेध

धनगढी । अछामको सदरमुकाम मंगलसेनको बीच बजारको सडकमा धान रोपिएको छ। सडककाे स्तराेउन्नति गर्ने भनेकाे १५ बर्षसम्म नबनेपछि स्थानीयले रोपाइँ गरेर विरोध गरेका हुन्। 

बजारको मुख्य सडकमाउनीहरूले गोरु जोतेरै राेपाई गरेका छन्। मंगलसेन बजारदेखि विद्यालय र क्याम्पसहरूमा जाने सडकमा स्थानीयले विरोध स्वरुप रोपाइ गरेका हुन्। विसं २०६७ सालमा मंगलसेनको जीरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्म ६ मिटरको सडक बनाउन पहल गरिएको थियो। तर, अहिलेसम्म सडकको अवस्था उस्तै रहेपछि स्थानीय युवाहरू एकजुट भएर विरोध स्वरूप रोपाइँ गरिएका हुन्।

सडक निर्माण भइरहेको र निर्माणको समयमा सडकमा हिलो हुनु स्वाभाविक भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले बताएका छन्। सडक निर्माणको काम जारी रहेकाले विरोधले नगरपालिकालाई केही फरक नपर्ने उनले बताए। केही स्थानीयले सडकका लागि एक इन्च जग्गा नदिने अडान राखेपछि सडक विस्तार गर्न नसकेको समेत उनले बताए।

दुई पटक नगर प्रमुख भएका बोहराले पटक-पटक स्थानीयको असहयोगका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको बताए। सडकको स्तरोन्नतिका लागि ६६ लाखमा ठेक्का सम्झौता गरिएको छ। तर, रकम अपुग भएको भन्दै निर्माण व्यवसायीले काम गर्न सकेको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.