
बैतडी । बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ वर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट मृत्यु भएको हो।
स्थानीय शिक्षक मनोज साउँदका अनुसार करिब दुई हप्ता अघि कुकुरले टोकेर घाइते अनिलको टाउकोमा चोट लागेकाे र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गरिएकाे थियो। उपचारपछि तीन दिनअघि मात्र उनलाई घर लगिएको थियो। तर, घर आएपछि स्वास्थ्यमा थप समस्या देखिएपछि पुनःअस्पताल लैजाँदै गर्दा आइतवार साँझ ६ बजेतिर डडेलधुरा नजिकै मृत्यु भएको हाे।
अनिलमा कुकुरको टोकाइपछि रेबिजका लक्षण देखिएको र उनी पानी देख्नासाथ डराउने भएकाे परिवारले बताइएको छ। अनिल जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ६ मा अध्ययनरत थिए।
