Dashain Suvakamana

भत्किन थाल्यो राणाकालिन गर्भा दरबार

Ajai

धनगढी । कैलालीको चुरेमा रहेको राणाकालीन गर्भा दरबार भत्किन थालेको छ। चुरे गाउँपालिका–४ मा रहेको यस ऐतिहासिक दरबारकाे संरक्षण नहुँदा भत्किन थालेकाे हाे।

पानी परेपछि दरबारको उत्तरतर्फको मुख्य खम्बासहितको एक ठाउँ भत्केको स्थानीय प्रकाश सापकोटाले बताए। दरबारको छाना नरहेकाले यो बर्खामा लगभग आधाजति दरबार भत्कने सम्भावना रहेको उनकाे भनाइ छ। विक्रमसंवत् १९८४ मा जर्नेल बहादुर शमशेर राणाले गर्भामा यो दरबार बनाएका थिए।

नौ रोपनी जग्गाभित्र बनेको दरबार पछि बहादुरको छोरा तेजप्रकाश राणाको भागमा परेको थियो। ८३ झ्याल र ५३ ढोका भएको तीनतले दरबार तत्कालीन जनयुद्धको बेलादेखि मानव बसोवासविहीन बनेको थियो। त्यसपछि संरक्षण नहुँदा बेवारिसे बनेको दरबार जीर्ण बन्दै गएको छ। यो दरबारको पूरै स्वामित्व पुरातत्त्व विभागले लिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.