धनगढी । अपाङ्गता भएका ब्यक्तिहरु साझा संस्था राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशकाे तेस्राे अधिवेसन सम्पन्न भएकाे छ । सामाजिक विकासमन्त्री मेखराज खड्काद्वारा कैलालीकाे धनगढीमा आज उद्घाटित अधिवेशनबाट नयाँ नेतृत्व सर्वसहमतले चयन गरेकाे छ ।
जसकाे अध्यक्षमा कृष्णप्रशाद धमला उपाध्यक्षमा पिङ्की बाेगटी सचिबमा नरदीप धामी सहसचिवमा निर्मला बिष्ट र काेषाध्यक्षमा भबेन्द्र सिंह सर्बसहमत चयन भएका छन् । यस्तै सदस्यहरुमा सरस्वती बिष्ट खेमा सापकाेटा हरीदत्त भट्ट करन साउँद छेन लामा र श्रीखण्डी उपाध्यय रहेकाे निर्बाचन समितले जनाएकाे छ ।
नव निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिले प्रमाण पत्र वितरण गरेकाे छभने आज नै नवनिर्वाचित पदाधिकारी बैठक बसेर अधिवेशन सम्पन्न र निर्वाचन सर्वसहमत गराउन सहयाेग गर्ने सबैलाई धन्यवाद दिएकाे सचिब नरदीप धामीले जानकारी दिए ।