Dashain Suvakamana

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Ajai

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा बुधवार र बिहिवार सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको माैसम विभागकाे पूर्वानुमान शाखाले जनाएकाे छ । महाकाली बेसिन कार्यालयले सुदूरपश्चिमका कञ्चनपुर, कैलालीमा सामान्य वर्षा र पहाडी जिल्लाका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनएकाे छ।

महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख संजय कुमार शाहका अनुसार आज दिउँसो आंशिक वर्षा हुने छ भने पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्ङसहित हल्का वर्षा हुने सम्भावना छ। रातिको समयमा पहाडी जिल्लाहरूमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, बुधवार बिहानसम्म महाकाली नदीको जल सतह सामान्य रहेको महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख शाहले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.