Dashain Suvakamana

धनगढीमा युवती मृत फेला: हत्याकाे आशंकामा प्रहरीद्धारा अनुसन्धान

Ajai

धनगढी। धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले भाडाकाे कोठामा बस्दै आएकी युवती मृत भेटिएको बताए। सिंहका अनुसार कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन्।

मृतककाे अवस्था शंकास्पद देखिएकाेले घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.