‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’ प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार भएको दुई बुँदे सहमति राष्ट्र हितका लागि गरिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रचण्डले राष्ट्र हितका लागि सहमतिबाट कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले विद्रोह गर्ने काम चलिरहने भएकाले यसलाई जसरी बुझे पनि हुने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले लामो समयसम्म संसद् अवरूद्ध हुँदा समस्या पर्ने ठानेर खुलाउन आवश्यक ठानी सहमति गरिएको प्रचण्डको भनाइ छ । उनले भिजिट भिसा प्रकरण छानबिनका लागि एक महिनाभित्र समिति बनाएर जाने कुरा मिलेपछि आफूहरूले दुई बुँदे सहमतिमा हस्ताक्षर गरिएको बताए ।

अध्यक्ष प्रचण्डले दुई बुँदे सहमतिसँगै माओवादी सरकारमा जाने हल्ला वा कुनै स्वार्थ नरहेकाे प्रष्ट पारे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.