विश्वकप लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।

नेपालले यस शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डाथि रोमाञ्चक एवम् कीर्तिमानी जित हासिल गरेको थियो भने दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

आजकाे खेलमा पनि नेपाल जितकै लय निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.