नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् । काठमाडाैंमा भएको तेस्रो सम्मेलनबाट ओली सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यस्तै महासचिवमा गणेश शाही सर्वसम्मत भएका छन् ।
अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले बताए । निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए ।
२०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी)मा लागेका थिए । २०५९ बाट पार्टीको पूर्णकालीन सदस्य भएका ओली यसअघि वाईसीएलमा उपमहासचिव र प्रचार विभाग प्रमुखको भूमिकामा थिए।