३ किलो चाँदीका गहनासहित धनगढीबाट एक जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट ३ किलो ३७० ग्राम अवैध चाँदीका गरगहना सहित एक जना पक्राउ परेका छन् । सोमबार ६ लाख ३४ हजार १८३ रुपैयाँ बराबरको गरगहना सहित भारतको सुडा बजारका ३२ का हरीलाल राना पक्राउ परेका हुन ।

अस्थायी प्रहरी पोस्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका – १० सिमलघाटमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई आवश्यक कारवाईका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.