धनगढी । बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ। मंगलबार जगन्नाथ गाउँपालिका– २ को काँडाकोटमा नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उक्त दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीको मृत्यु भएको छ । प्रहरीका अनुसार तीनै जनाको घटना स्थलमा मृत्यु भएको हो भने जिपमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन् ।
उनीहरुलाई थप उपचार गर्न हेलिकप्टरबाट नेपालगञ्ज लगिएकाे छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।