धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुशियालीमा दीप प्रज्ज्वलन गरिएको छ । सहिद दशरथ चन्द स्वास्थ बिज्ञान विश्वविद्यालय संघर्ष समितिको आयोजनामा विश्वविद्यालय अगडी दीप प्रज्ज्वलन गरिएको हो ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले ल्याएको बिधेयक प्रति हार्दिक स्वागत गर्दै खुशियालीमा दीप प्रज्ज्वलन गतिएको बताए । उनले हामी सुदुरपश्चिम बासिएको बर्षौदेखिको एउटा माग पुरा भएको बताउदै अबको माग यहा छिट्टै एमएमबिबिएसको पढाइ सुचारु गर्नु रहेको बताए ।
आईतबार सदनमा शिक्षामन्त्री रघुजी पन्तले सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक सर्वसम्मत पारित भएको हो । यसअघि १३ चैतमा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको थियो ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सह-कुलपति रहने ब्यबस्था रहेको छ । विश्वविद्यालयमा विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ । सभाको अध्यक्ष शिक्षा हेर्ने सहकुलपति (शिक्षामन्त्री) रहनेछन् । उपाध्यक्षमा स्वास्थ्य हेर्ने सहकुलपछि स्वास्थ्यमन्त्री रहनेछन् ।
सुदूरपश्चिममा विधेकको माग गर्दै लामो समयदेखि स्थानीय संघर्ष समितिले दबाब दिँदै आएको थियो ।