धनगढी । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूर पहाडतिर यसअघि हल्का बर्षा भएपनि तराईका कैलाली कञ्चनपुरमा पानी परेकाे थिएन् तर माैसम विभागले आज यहाँका कैलाली-कञ्चनपुरमा चट्याङ्गसहित वर्षा भैइरहेकाे जनाएकाे छ ।