अत्तरियामा कैनी हत्या घटनामा सशस्त्रका भगौडा पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनीको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका पूर्व भगौडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया क्षेत्रबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरीका भगौडा रहेका ती व्यक्ति कैनीसँगै सडकपेटीमा बस्दै आएका थिए । कैनीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माओवादीका पूर्व लडाकु समेत रहेका लामा थरमा पुरुषसहित तीन जना सडक पेटीमा बस्दै आएकाहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु मध्ये शारीरीक अपांगता समेत रहेका लामाले आफूले कैनीको हत्या गरेको प्रहरीलाई बयान दिएका थिए तर उनको बयानअनुसार सबुत प्रमाण नमिलेपछि प्रहरीलाई तनाव भइरहेको थियो । त्यही बेला उनीहरुसँगै सडक पेटीमा बस्दै आएका सशस्त्रका भगौडा अत्तरिया क्षेत्रबाट भागेपछि प्रहरीको अनुसन्धान त्यसतर्फ मोडिएको थियो ।

अहिले प्रहरी नियन्त्रणमा रहेका अर्का लामा थरका अभियुक्तले भने श्रीमतीलाई जिस्काउने, आपांग भनेर होच्याउने र पैँसा पनि चोर्ने गरेकाले ढुंगा प्रहार गरि हत्या गरेको बयान प्रहरीलाई दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.