धनगढी भाटभटेनीसँगैको सुप होटलबाट १३ जुवाडे पक्राउ

धनगढी । कैलालीको धनगढीमा रहेको सुप होटलबाट १३ जना जुवाडे पक्राउ परेका छ्न । धनगढी उपमहानगरपालिका -३ काे भाटभटेनी सुपर मार्केट नजिकै रहेकाे सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा हाेटल सञ्चालक सहितका १३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा हाेटल सञ्चालक ४० वर्षीय खडक कुँवर, धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनाेज चन्द, झलक रावल, धर्म राेकाया, मिनबहादुर चन्द, घाेडाघाेडी नगरपालिका-२ बस्ने ४१ का दुर्गा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै बझाङकाे छविस पाथिभेरा गाउँपालिका-२ ३८ वर्षीय उद्धव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका -१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ ।

उनीहरूकाे साथबाट १ लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने ३ गड्डी तास, दुईवटा माेटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएकाेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.