अछाम । अछामको जयगढ बजारमा आगलागीमा २७ वटा घर जलेका ध्वस्त भएका छन् । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएकाे आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो बजारमा फैलिएको थियो । जलेका २७ घरहरुमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।