माओवादीका खगराज भट्ट र विना मगरको सह-इन्चार्ज पद खारेज

धनगढी । नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ। चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार सुदूरपश्चिममा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेकाे हाे ।

उनीहरु प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन्। बैठकले प्रदेश सह इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्य निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीको विभाजन गर्ने निर्णय गरेको पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीलाई गरिएकाे परिपत्रमा उल्लेख छ।

साथै प्रदेश समन्वय कार्यालय बिस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ। बैठकले केन्द्रीय समितिप्रति जबाफदेही रहने गरी केन्द्रीय सदस्यको कार्य विभाजनको क्रममा प्रदेश समन्वय कार्यालयलाई विगतमा गठन भएको मापदण्डलाई नै यथावत राखेर क्रियाशील गराउने निर्णय गरेको छ।

बैठकले केहि जिल्लाको इन्चार्ज पनि फेरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.