विदेशीले मानेनन् कैलाली सिडियाेको निर्देशन

धनगढी । कैलालीमा अनुमति बिना वन क्षेत्रमा बसेका विदेशी नागरिक अझै फर्किएका छैनन् । घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बसेका विदेशी नागरिकलाई बिहीबार नै जिल्ला प्रशासन कार्यालय कैलालीले २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिए पनि कयाैं विदेशी नागरिक अझै जङ्गलमै रहेका छन ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गत विहीबार उनीहरुलाई भेटेर २४ घण्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए । निर्देशनपछि केही फर्किएका र केही अझै त्यहीँ बसिरहेका प्रजिअ हमालले बताए । ‘अझै करिब ६०–७० जना बाँकी छन्, उनीहरु पनि बिस्तारै फर्किने क्रममा छन्,’ प्रजिअ हमालले भने, ‘आज–भोलिमै फर्किन्छन् होला ।’

उनीहरु पर्यटक भिसामा नेपाल आएका थिए । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार त्यहाँ भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका एक सय बढी नागरिकहरु छन् । उनीहरू वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि सुरक्षा निकायको टोली वन क्षेत्रमा पुगेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.