धनगढीको मोहनामा डुबेर २ जनाको मृत्यु, २ घाईते

धनगढी । कैलालीकाे फूलबारी मोहना नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँ स्थित मोहना नदीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आसिस ओझाको मृत्यु भएको छ। अन्य २ जना भने घाईते भएका छन्।

सोही ठाउँ बस्ने १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा घाईते भएका छन्। घाइते दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। चारै जना शुक्रवार नुहाउन गएकोमा नुहाउने क्रममा डुबेका थिए।

डुबेका चार जना मध्ये २ जनालाई सकुशल उद्दार गरिएको र दुई जनालाई घटनास्थलबाट अन्दाजी ३० मिटर दक्षिण नदिमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल फुलबारीबाट संयुक्त रुपमा खटिइ खोजतलास गरिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.