कैलालीको लम्कीमा हाेटल चलाईरहेकी महिला सम्पर्कविहीन

धनगढी । कैलालीको लम्कीबाट एक महिला सम्पर्कविहीन भएकी छन्। जिल्लाको मोहन्याल गाँपालिका–७ कुुइन्याँ घर भएकी दुर्गा माझी बेपत्ता भएकी हुन्।

कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क गेट अगाडि दुर्गा नामक होटल सञ्चालन गर्दै आएकी माझी यहीँ फागुन २६ गतेदेखी सम्पर्कविहीन भएकी प्रहरीले जनाएको छ।

बिहान करिब ६ बजेतिर नुहाउन जान्छु भनेर गएकी दुर्गा सम्पर्कमा नआउँदा खोजिकालागी उनका श्रीमान मिमबहादुर माझीले प्रहरीमा निवेदन दिएको लम्की प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.