सांसदसँग अन्तरकृया गरेर अपाङ्ग महासंघले मनायाे महिला दिवस

धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमले ११५ ओें अन्तराष्ट्रिय महिला दिवस मनाएकाे छ । सबै महिलाका हकअधिकार समानता र सशक्तिकरण बिषयमा प्रदेशसभा सांसदहरुसँग अन्तकृया गरेर महिला दिवस मनाएकाे हाे ।

११५ ओें अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा समावेशी शिक्षा तथा अपाङ्गता भएका व्यक्तिहरुकाे नागरिक तथा राजनैतिक अधिकार सुनिश्यित सम्बन्धि प्रदेशसभा सांसदहरुसँग अन्तकृया गरिएकाे महासंघ कार्यालयका व्यवस्थापक प्रीया खडकाले जानकारी दिइन् ।

राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश सचिव नरदीप धामीले सञ्चालन गरेकाे कार्यक्रममा अपाङ्गता अधिकारकर्मी मुकेश धामीले समसमयीक अवस्थाका बारेमा दर्शाएका थिएभने प्रदेशसभा महिला समिति सभापति सन्ताेष शर्मा थापा र समाजिक विकास समिति सदस्य सांसद जानकी पाैडेल कुवरले आफुहरु नीति निर्माणमा लागिपरेकाे बताएका थिए ।

कार्यक्रमकाे सहजिकरण राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश व्यवस्थापक प्रीया खडकाले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.