स्थानीय तहका करारलाई स्थायी बनाउने कानुनको विरोधमा विधार्थी

धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा अस्थायी तथा करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै विधार्थीहरु आन्दाेलित भएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेका विद्यार्थीहरूले बिहिवार साँझ प्रदेश सभाको अगाडि टायर बालेर प्रदर्शन गरे।

उनीहरूले प्रदेश सभामा ढुङ्गा–मुडासमेत गरेका छन्। विधार्थीकाे आन्दाेलनमा प्रहरीले बलप्रयाेग गर्दै अस्रुग्यास प्रहार गरेकाे थियाे । विधार्थीहरुले प्रहरी धरपकड बिरुद्ध आजपनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ तथा धर्नामा रहेकाे अनेरास्वबीयु क्रान्तिकारीका प्रदेश अध्यक्ष वीर वहादुर थापाले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.