आज सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने

 धनगढी । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी, गण्डकी र लुम्बिनी  प्रदेशको मौसममा  आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस र बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेशको हिमाली क्षेत्रमा भने आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.