
धनगढी। भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ । जसमा ४ नेपाली रहेका छन् ।
मृत्यु हुने नेपालीमा लछिराम पासी बाहेक हिमु विश्वकर्मा, नन्दराम विश्वकर्मा, कमला नवीन भण्डारी अछाम विनायकका रहेकाे बताइएकाे छ ।
