४ महिनापछि सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

धनगढी। चार महिनादेखि चल्न नसकेको सुदूरपश्चिम प्रदेश सभाको बैठकको मिति तय गरिएको छ । यही माघ ६ गते प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । यसैबिच बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही विधेयक र विषयगत समितिका सदस्यहरूको जिम्मेवारी हेरफेरबारे छलफल भएको छ ।

गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.