Dashain Suvakamana

पत्रकार महासंघको मतदान सकियो, आजैबाट मतगणना

Ajai

काठमाण्डाैं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व छान्नका लागि भएको मतदान सकिएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान केही समयअघि सकिएको हो । मतदान सकिएसँगै आजै रातीबाट मतगणना गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको हो । देशैभर काँग्रेस र एमाले निकट पत्रकारले गठबन्धन गरेर प्यानल खडा गरेका छनभने अन्य बामपन्थी तथा स्वतन्त्र पत्रकार मिलेर केन्द्रीय समितिको अध्यक्षका लागि ४ जना निर्वाचनमा हाेमिएका छन्।

केन्द्रिय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छनभने वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्। त्यस्तै महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ।

समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। त्यस्तै महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.