सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा विवाह

धनगढी । सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले झन्डै ६५ वर्षको उमेरमा आज शुक्रबार कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन् ।

अर्थमन्त्री थापाले अहिले सम्म अधिकारिक विवहा नगरी अविवाहितै बसेका थिए । तर स्रोतका अनुसार पारिवारिक चाहनाका कारण बुढेसकालमा उनी विवाह बन्धनमा बाधिएका हुन्। उनी प्रदेश सभा सदस्यको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए ।

अर्थमन्त्री थापा भीमदत्त नगरपालिका–६ का स्थायी बासिन्दा हुन् भने उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.