धनगढीमा हराएको ८ तोला सुन यसरी भेटियो

धनगढी । कैलालीको धनगढीमा हराएको ८ तोला सुन फेला परेको छ। हिजो (विहिबार) धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहदेखि सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४०७८ नम्बरको अटोमा धनगढी विमानस्थल जानेक्रममा ८ तोला सुन हराएको थियो।

सो अटोमा सवार बैतडीको पाटन नगरपालिका–३ घर भई धनगढी चौराहदेखि धनगढी विमानस्थल गेटसम्म जाँदा धनगढी–५ बस्ने शंकरदत्त बडुको अटोमा सवार रामदत्त भट्टको कालो रंगको झोलामा ८ तोला सुनका विभिन्न गरगहना सोही अटोमा छुटेको थियो। अटोचालक बडुले नै गरगहना भएको झोला फेला पारेर जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका थिए।

त्यसपछि प्रहरीले भट्टलाई सम्पर्क गरेर झोला र गरगहना जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.