
धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको जनकपुर बोल्ट्सको अपराजित यात्रामा सुदूरपश्चिम रोएल्सले बुधबार ब्रेक लगाएको छ ।
सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमै अलआउट भयो । एनपीएलमा यो सबैभन्दा कम स्कोर हो । जनकपुरको पहिलो हारपछि अंकतालिका रोचक बनेको छ ।
सुदूरपश्चिम र जनपुरको ५ खेलबाट ४ जित र १ हारसहित समान ८ अंक छ । राम्रो नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लँदा जनकपुर दोस्रो स्थानमा झरेको छ ।
