
धनगढी । सुदूरपश्चिमकाे धनगढीमा अपाङ्गता भएका व्यक्तिहरु को अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ। अपाङ्गता भएका व्यक्तिहरु को ३३औं अन्तर्राष्ट्रिय दिवस “समावेशी तथा दीगो भविष्यको पुर्वाधार,अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” राष्ट्रिय नाराका साथ जनचेतनामुलक र्याली र मिनी महाेत्सवकाे आयाेजना गरी भव्यताकासाथ मनाइएकाे हाे ।
‘अपाङ्गता भएका व्यक्तिहरूको श्रमको सम्मान, आर्थिक सशक्तीकरण र समाज रुपान्तरको अभियान’ भन्ने मुल मन्त्रका साथ मिनि प्रदर्शनी महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गरे । यसअघि
अपाङ्गता दिवसको अवसरमा धनगढी उपमहानगरपालिका देखि कभर्डहल, निसर्ग अस्पताल, नेपाल राष्ट्र बैंक रोड हुँदै प्रभात फेरी तथा जनचेतना मुलक र्याली निकालिएकाे थियाे । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा उक्त रयालीमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था अपाङ्गता भएका बिधार्थीहरु प्रहरी ब्याण्डबाजा टोलि समुहको सहभागी थिए ।
उक्त दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक मिनि प्रदर्शनी महोत्सवको समेत आयोजना गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले बताए।
अपाङ्गता भएका व्यक्तिहरुले गरेका व्यवसायी बाट उत्पादन गरिएका बस्तुहरुको मिनि प्रदर्शनी महोत्सवका मुख्य आकर्षण रहने, उनले भने। मंसिर १८ देखि २० गते सम्म महाेत्सव सञ्चालन हुने छ।
साेही कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ विधार्थी शिक्षक व्यवसायी र पत्रकारलाई सम्मान गरिएकाे थियाे । सञ्चार तथा मिडियाका क्षेत्रवाट अपाङ्गता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै यस पटक कञ्चनपुरका पत्रकार धनबहादुर महता (बिकास) सम्मानीत भएका थिए।
