धनगढी । सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्ष अन्तराष्ट्रिय दिवस सात दिनसम्म मनाउने भएका छन् । अपाङ्गता भएका व्यक्तिहरुकाे साझा संस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशले यसकालागि ५१ सदस्यीय मूल आयाेजक र कार्यविषेश विभिन्न उपसमिति गठन गरि तयारी थालेकाे हाे ।
प्रदेश राजधानी समेत रहेकाे कैलालीकाे धनगढीमा यस बर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तरास्ट्रिय दिवस यस बर्षको ३ डिसेम्वरलाई सप्तव्यापी (मिति २०८१/८/१४ देखि २० गतेसम्म) विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइने अध्यक्ष मानबहादुर साँउदले बताए । उनका अनुसार साप्ताहिक कार्यक्रमलाई भव्य रुपमा मनाउनका लागि आज धनगढीमा उपलब्ध संधसंस्थासँग छलफल गरी विभिन्न दर्जनौ उप समितिहरु पनि निर्माण गरिएको छ।
अन्तराष्ट्रिय दिवसलाई खुशीयालीकासाथै आन्दाेलनका रुपमा गतबर्ष झै अपाङ्गता भएका युवाहरुकाे स्वराेजगार मेलासँगै यसवर्ष थप सचेतना मुलक अन्तरकृया, लाेकसास्कृतिक कार्यक्रम, निशुल्क उपचार, शिप तथा कला प्रदर्शनी र उत्कृष्ट कार्यको सम्मान लगायतका कार्यक्रम रहने उनले जानकारी दिए ।