यस्तो छ सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचनकाे तयारी

धनगढी । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दलहरूले तयारी थालेका छन् । जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमराज भट्टका अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका ५ र भीमदत्त नगरपालिका–६ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो । त्यस्तै जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पनि उपनिर्वाचन हुने भएको छ ।

ती स्थानका उपनिर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरु टुङ्ग्याएर प्रचारप्रसारको तयारीमा छन् । सत्तारुढ दल नेकपा एमाले र कांग्रेस आफ्नो पक्षमा माहौल तयार पार्नमा जुटेका छन् । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको नाम टुङ्गोमा लगाउने तयारीमा पुगेको छ ।

यसैबिच निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृत तोकिसकेको छभने केही दिनमै निर्वाचन अधिकृतको कार्यालय स्थान पनि तोकिने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । निर्वाचनको कार्यतालिका अनुसार मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । यस्तै सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.