Dashain Suvakamana

अत्तरियाबाट गहना चोरेर भागेका बस्नेत पानीको तालमुनि फेला

Ajai

धनगढी । कैलालीको अत्तरियाबाट गरगहना चोरेर फरार रहेका एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ अत्तरियाकी ३४ वर्षीया लक्ष्मी ठगुन्नाको कोठाबाट हिजो (शुक्रवार) सुनका गरगहना चोरी भएको  थियो।

ठगुन्नाले प्रहरीलाई गहना चोरी भएको खबर गरेपछि प्रहरीले चोरको खोजी कार्य गरेको थियो। खोजी  गर्नेक्रमा गहना चोर्ने धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका २२ वर्षीय बिज्ञान बस्नेतलाई पानीको तालमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट सुनको झुम्का २ थान, सुनको औठी १ थान, सुनको नागिनि १ थान, सुनको लकेट १ थान, सुनको चन्द्रमा १ थान, सुनको फुली १ थान फेला पारेको छ। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.