
धनगढी । सुदूरपश्चिममै सबैभन्दा ठूलाे व्यबसायी समिति सेती महाकाली ट्रक ब्यवसायी सघंका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ सहित पदभार ग्रहण गरेका छन् । बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै सघंको ९ औँ अधिवेशनबाट निर्वाचितहरुलाई निर्वाचन समिति संयोजक अधिवक्ता बिर बहादुर जेठाराले सपथ खुवाएका थिए । सपथ पश्चात उनिहरुले पदभार ग्रहण समेत गरेका हुन् ।
गत आइतबार सम्पन्न सघंको ९ औँ अधिवेशनकाे निर्वाचनबाट अध्यक्षमा मोहन सिहं साउँद, बरिष्ठ उपाध्यक्षमा योगेन्द्र बम, प्रथम उपाध्यक्षमा रमेश प्रसाद बोहरा, महासचिवमा धुब्रराज कार्की, सचिवमा हरि सिहं महरा, सह कोषाध्यक्षमा धन बहादुर साउँद बिजयी भएका थिए । यस्तै. सदस्यहरुमा महेस प्रसाद पनेरु, लोकेन्द्र बहादुर ऐरी, धर्मराज पडाल, कृष्ण सिहं भाट, डम्मर बहादुर बिष्ट, सुरज श्रेस्ठ, राम बहादुर बिष्ट, बिसाल चौधरी, दिपकराज भट्ट, प्रेम बहादुर रावल र आदर्श आचार्य बिजयी भएका थिए ।
सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मणिराज पाण्डे प्रमुख अतिथि रहेका थिए । निबर्तमान अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्वअध्यक्ष देव बहादुुर बम, यातायात ब्यवसायी महासघं सुदुरपश्चिम सयाेंजक टेकराज जोशी, सुदुरपश्चिम यातायात ब्यवसायी प्रा.लीका अध्यक्ष पदम सापकोटा, ट्रक ब्यवसायी महासघंका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम सयोंजक जित बहादुर मल्ल, सेती महाकाली ट्रक ब्यवसायी सघंका पुर्व पदाधिकारी तथा सदस्य लगायत बिभिन्न पेसागत सघं संस्थामा आबद्ध ब्यक्ती र ब्यवसायीहरुको सहभागिता थियो ।
