धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा शुभचिन्तकहरुले कैलालीकाे धनगढीमा शान्तिपुर्ण प्रदर्शन गरिरहेका छन्। रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाले दिउँसो १ बजेदेखि धनगढीमा प्रदर्शन गर्न लागेको हो।
रास्वपा गोदावरी नगर सभापति दिपक ओझाले राजनीतिक प्रतिशोध विरुद्धको एक्यवद्धताका लागि शान्तिपुर्ण प्रदर्शन गर्न लागिएको बताए। प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गर्ने छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी रहेकाे छ । राजनीतिक प्रतिशोध बन्द गर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।
प्रदर्शनमा सहभागीहरूले कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्बिर बोक्दै उनीहरूमाथि कहिले कारबाही हुन्छ भन्दै सरकारलाई प्रश्न सोधिरहेका छन्।