भीम रावललाई एमाले सुदूरपश्चिम अध्यक्षको चेतावनी पत्र

धनगढी। नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले तल्लो कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकबिचमा भ्रम नछर्न सोही पार्टीका पूर्व केन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावललाई चेतावनी दिएका छन्।

अध्यक्ष जैसीले सोमबार एक विज्ञप्ति जारी गर्दै लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखिएको विषयप्रति नेकपा (एमाले) सुदूरपश्चिम कमिटीले असहमति प्रकट गर्दछ भनेका छन्। केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सञ्चार माध्यममा बोलेको कुराको खण्डन गर्ने नाममा रावलले भ्रम छर्न खोजेको प्रदेश अध्यक्ष जैसीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

“पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्चालनमा लेखिरहने प्रवृत्ति पार्टीका लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँग नै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टी कार्यकर्ता र समर्थक शुभेच्छुकबिचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु ।” 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.