बैतडीमा यात्रुसवार जिप दुर्घटना, ६ जना घाइतेमध्य एककाे अवस्था गम्भीर

बैतडी । बैतडीमा यात्रु सवार जिप दुर्घटना भएको छ।दुर्घटनामा परेर चालकसहित ६ जना घाइते बैतडीको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

जिल्लाको छेला–दुर्गाभवानी सडकको डुवापानीमा से१ज ३२० नम्बरको बोलेरो जिप गएराति १०ः३० बजेतिर दुर्घटना भएको हो। घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, सोहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ,१६ वर्षीय सुशील नाथ र जिप चालक दशरथ नाथ रहेका छन्।

घाइते मध्ये दिलिपको अवस्था गम्भीर रहेको छ। दिलिपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। जिप सडकबाट १० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको ढुंगानाले बताए।

आठजना सवार रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ। सवार दुईजना भने सकुसल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.