Dashain Suvakamana

कैलाली,डोटी र अछाममा आज र भाेलि रात्रिबस चलाउन रोक

Ajai

धनगढी । सुदुरपश्चिमका तीन जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको छ । कैलाली, डोटी र अछाममा मैसम विभागले रेडअलर्ट जारी गरेकाले रात्रिकालीन बस चलाउन राेक लगाइएकाे हो।

शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ। केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भाेली रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा ११ र १२ गते रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ। साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.