
धनगढी । संविधान दिवसकाे अवसरमा अपाङ्गता भएका व्यक्तिहरुले धनगढीकाे चाैराहमा दीप प्रज्वलन गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको हो
उक्त दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मान बहादुर साउदले नेपालीहरुको लामाे संघर्ष र बलिदानीबाट पहिलो पटक जनपक्षिय लोकतान्त्रिक संबिधान आएकोले यसको सहि कार्यन्वयन र रक्षाको लागि सबैको दायित्व बोध गराउन महासंघ सुदूरपश्चिमले हरेक बर्ष संविधान दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गर्ने गरेको बताए ।
महासंघका प्रदेश सचिव नरदीप धामीले सञ्चालन गरेकाे कार्यक्रमलाई जनयुद्ध जनआन्दाेलनका घाईते अपाङ्ग जगत धामी ह्वीलचियर एसाेशिएनका भीम कुस्मी लगायतले सम्बाेधन गरेका थिए ।
