कांग्रेस उपसभापति गुरुङ दम्पतीविरुद्ध मितेरी सहकारी ठगीकाे जाहेरी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।

ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङनिकट स्रोतका अनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवैजनाले सम्बन्ध विच्छेदको कागज बनाएका छन् । ज्योति गुरुङ हाल नेपालमै नरहेको स्रोतले जनाएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ । यद्यपि समितिको छानबिनको टीओआरमा मितेरी सहकारी नपरेकाले यो विषय राज्यका अनुसन्धान गर्ने निकायमा पठाइएको एक सदस्यले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.