Dashain Suvakamana

ट्रकमा मोटरसाइकल ठोक्किदा १ जनाकाे मृत्यु, अर्काे गम्भीर घाईते

Ajai

अत्तरिया । कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार गोदावरी नगरपालिका– १ धनगढी रोडमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा चालक धनगढी उप–महानगरपालिका २ भन्सार रोडका  २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो ।

६ लेन सडक छेउमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका थापाको सेती प्रादेशिक अस्पतालमा पु-याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनगढी उप–महानगरपालिका–२ भन्सार रोडका  २५ वर्षीय भुपेश पाल घाइते भएका छन । उनको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले ट्रक, ट्रक चालक बझाङको बित्थडचिर गाउँपालिका–२ का २४ वर्षीय भरत बोहरा र मोटरसाइकललाई नियन्त्रमा लिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.