Dashain Suvakamana

अत्तरियाको जंगलभित्र तास खेलिरहेका ४ जुवाडे पक्राउ

Ajai

धनगढी। कैलालीको अत्तरियाबाट ४ जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका– १ वनखेत स्थित सुरक्षा सामुदायिक वनको जंगल भित्र तास खेलिरहेका  ४ जुवाडे पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका – २ का ४१ वर्षीय प्रेम रोकाया, गोदावरी नगरपालिका – १ का ३३ वर्षीय रतन चौधरी, सोही ठाउँका ४८ वर्षीइ मान बहादुर ऐर र दाङको घोराही घर भई हाल गोदावरी नगरपालिका – १ मा बस्दै आएका ५२ वर्षीय सुनिल बुढामगर रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । 

हिजो (शुक्रबार) साँझ विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट नगद २१ हजार ८८० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.