
धनगढी। पछिल्लाे केही दिनयता दैनिकजसाे ठल्ठुला सबारी दुर्घटना भैरहेका छन् । यसैक्रममा आज कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका घईते २४ मध्ये सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको थियो । दुर्घटनामापरी गम्भीर घाइते भएका उहाँहरूलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ ।
बसमा चालकसहित २४ जना रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
