Dashain Suvakamana

धनगढीमा स्वास्थ्य पुर्नस्थापना सम्बन्धि अन्तरकृया सम्पन्न

Ajai

धनगढी । कैलालीकाे धनगढीमा सुदूरपश्चिमस्तरीय स्वास्थ्य पुर्नस्थापना सम्बन्धि अन्तरकृया सम्पन्न भएकाे छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे आयाेजनामा भएकाे उक्त अन्तरकृर्यामा प्रदेश र स्थानीय तहका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

कार्यक्रमकाे उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी चुनौती रहेको भन्दै सरकार गैरसरकारी तथा सामाजिक स‌घ संस्था सबै मिलेर जानुपर्ने बताए । आफुसँग भएका साधन स्रोतलाई उपयोग गरेर जनताको सेवा गर्न सरोकारवालाई आग्रह गर्दै राज्यमन्त्री खड्काले अपाङ्गता पुनस्थापना केन्द्र स्थापनाका लागि पनि पहल गर्ने प्रतिवद्धता जनाइन् । सुदूरपश्चिममा अपाङ्गता सम्बन्धि निति बन्ने चरणमा रहेको र त्यसलाई अन्तिम रुप दिन लाग्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिवले प्रदेश सरकारवाट अपाङ्गता क्षेत्रमा हुँदैगरेका कामबारे जानकारी दिए । उनले प्रदेश सरकारको सानो बजेटबाट सबै समुदायका धेरै आकक्षाँ पुरा गर्न नसकेपनि सक्दो प्रयास गरिरहेको बताए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय काेषाध्यक्ष कुमार रेग्मीले स्वास्थ्य पुनर्स्थापना अपाङ्गता भएका लागि मात्रै नभएर सबैकालागि भएकाे बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम अध्यक्ष मानवहादुर साउँदले स्वास्थ्य पुनर्थापनामा अपाङ्गताका सवाल ऐन कानुनमा धेरै रहेपनि कार्यान्वयनको पक्ष कमजोर रहेको भन्दै समाजको सहि रुपान्तरणकालागि तीनवटै सरकार र सरोकारवालाको साथ सहयोगको अपेक्षा गरे ।

कार्यक्रम संयाेजक नीता बिष्टले संचालन गरेकाे स्वास्थ्य पुर्नस्थापना सम्बन्धि उक्त अन्तरकृया कार्यक्रममा प्रदेश र स्थानीय तहका सरोकारवाला निकायको र अपाङ्गता अभियानकर्मीहरुकाे सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.