पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु

धनगढी। पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । गएराति १ बजे बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार घरमा सुतेका १० जनामध्ये ६ जना भागेर बचेका छन् । उनीहरु केही समान्य घाइते भएका छन् । पहिरोले पुरिएर काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको केसीले जानकारी दिए ।

घटनालगत्तै नजिकको प्रहरी युनिट वुङगलबाट बरिष्ठ सई बीरबहादुर ढगुन्नाको नेतृत्वको टोली घटनास्थल पुगेको थियो । यसैगरी अहिले बझाङ जिल्लाका सहायक सीडीओ, डीएसपी फणीन्द्र भण्डारी र रेडक्रसको टोली घटनास्थलतर्फ गएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.