Dashain Suvakamana

भारतीय विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

Ajai

धनगढी । भारतीय व्यपारीबाट किनेकाे विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।  बाराकाे सिम्रौनगढ नगरपालिका–७ झवानी टोलको नरेश रामको परिवारले विषाक्त माछा खाँदा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । 

अमिरी राम चमारका नाति नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरी खाना पकाएर खाँदा बिरामी भएका ३ जना बालबालिकाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

शनिवार राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू ९ वर्षीया लालिमा राम र ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीया छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखा परेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.