Dashain Suvakamana

काभा महिला भलिवल उपाधिका लागि नेपाल भारतसँग भिड्दै

Ajai

धनगढी । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज (बुधबार) नेपाल र भारत भिड्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ। 

लिग चरणमा भारतलाई ३–२ को सेटमा पराजित गरेको नेपाली टोली उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ।भारतविरुद्धको त्यो जित महिला भलिबल इतिहासको पहिलो जित हो। नेपाल आजको खेलमा सोही नतिजालाई दोहोराउने प्रयासमा हुनेछ। 

लिग चरणमा इरानसँग ३–२ ले पराजित भएको नेपालले मंगलबार भएको दोस्रो सेमिफाइनलमा सोझो सेटको जित निकाल्दै भारतसँगको भेट पक्का गरेको हो।

भारतसँगको भेट नेपाली टोलीका लागि पाँच वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिने अवसर समेत हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.